तालिबान सरकारलाई मान्यता दिन चीनलाई हतारो | Khabarhub Khabarhub

तालिबान सरकारलाई मान्यता दिन चीनलाई हतारो


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिन हतार गरिरहेको एक गैर नाफमूलक संस्थाले खुलासा गरेको छ ।

अमेरिकामा रहेको ग्लोबल स्ट्राट भ्यूले जनाएअनुसार ३० खर्ब डलर बराबरको खनिज पदार्थ रहेको अफगानिस्तानमा चीनको चासो बढ्दै गएसँगै तालिबान सरकारलाई मान्यता दिन चीनले हतार गरेको हो ।

संस्थाले जनाएअनुसार अनिश्चित अवस्थाको फाइदा उठाउँदै चीन आफ्नो सीमाको सुरक्षा गर्न र खनिज आवश्यकता पूरा गर्नका साथै आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजनालाई मूर्तरुप दिनका लागि अफगानिस्तानमा तालिबानसँग नजिकिन चाहन्छ ।

तालिबानको शासनमा चीनको सिन्जियाङ प्रान्तमा आधारित इष्ट तुर्केस्तान इस्लामिक मुभमेन्ट जस्ता आतंककारी समूहले सक्रियता बढाउने भएकाले यसबारे चीन सचेत रहेको समेत उक्त संस्थाले जनाएको छ ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यीले एकाएक अफगानिस्तानको भ्रमण गरेबाट चीनले तालिबानलाई मान्यता दिन तयार रहेको देखिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : १६ बजे

एनसेललाई नवीकरणका लागि जेठ १५ भित्र २० अर्ब बुझाउन प्राधिकरणले पठायो पत्र

काठमाडौं– मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका लागि यही जेठ

प्रधानमन्त्रीले नाराबाजी गरिरहेको कांग्रेससँग पनि मागे विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफूलाई

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

काठमाडौं– ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन्

आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै

दमौली– तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै