गठबन्धनले देश बर्बाद बनायो : अध्यक्ष ओली | Khabarhub Khabarhub

गठबन्धनले देश बर्बाद बनायो : अध्यक्ष ओली


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका  छन्।

आइतबार काठमाडौँमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशायी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन् ।

ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादी तर्फ धकेलेको र सबै मिलेर रोक्नुपर्ने बताए। उनले मुलुक अप्ठेरो अवस्थामा जाँदा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु खुसी भएर बसेको तर्क गरे। एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै अध्यक्ष ओलीले एमाले ढुंगाको काप फोडेर पनि सरकारमा आउने दाबी गरे।

उनले परमादेशबाट बनेको सरकार असंवैधानिक भएको दोहोर्‍याए।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ३१ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१