चौदण्डीगढी नगरपालिकाका भूमिहीन दलित तथा सुकुम्बासीलाई निस्सा वितरण | Khabarhub Khabarhub

चौदण्डीगढी नगरपालिकाका भूमिहीन दलित तथा सुकुम्बासीलाई निस्सा वितरण


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ ।

जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा वितरण गर्ने अभियान अन्तर्गत बिहीबार निस्सा वितरण गरेको हो । चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले उक्त क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई एक कार्यक्रमको आयोजना गरेर निस्सा प्रदान गरेको हो ।  

चौदण्डीगढी नगरपालिकामा २३८७ हेक्टर जमिन भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले उपभोग गर्दै आएका छन् । उनीहरूले उपभोग गर्दै आएको उक्त जमिन कानुनीरुपमा आफ्नो स्वामित्वमा नहुँदा चाहेर पनि कुनै किसिमको ब्यापार व्यवसाय गरेर आत्मनिर्भर हुन नसकेको गुनासो गरेका थिए ।

 यसै बिच तीन दशक पहिलानै नापी भएका तर बिभिन्न कारणले लालपुर्जा प्राप्त नगरेका जिल्लाका सबै अधुरा कार्यको काम समेत छिट्टै पुरा भएर स्थानीयले लालपुर्जा प्राप्त गर्ने भएका छन ।

 राष्ट्रिय भूमि आयोग केन्द्रिय कार्यालयले निर्णय गरेर पत्र जिल्ला पठाइ सकेको हुनाले तत्काल उनीहरुलाई लालपुर्जा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोग उदयपुर जिल्ला अध्यक्ष बल बहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : १७ बजे

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको