सिप्रदीयनले निःशुल्क फुटबल प्रशिक्षण दिने | Khabarhub Khabarhub

सिप्रदीयनले निःशुल्क फुटबल प्रशिक्षण दिने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित सिप्रदीयन सहायता संस्थाले किकर्ससँगको सहकार्यमा फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ ।

फुटबलमा इच्छुक भएर पनि आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने छन ।

छनौट कार्यक्रम फागुन २८ गते बलुवाखानीस्थित कुपन स्पोर्ट्स सेन्टरमा हुन लागेको पनि संस्थाले जनाएको छ ।

सिप्रदी सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा अराजनीतिक सामाजिक संस्था
हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनका लागि गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : ५७ बजे

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे