दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज दिनभर प्रधानमन्त्री देउवा र नेसपाका अध्यक्ष भट्टराईबीच भेटवार्ता,मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने आयोगको तयारी, एमालेद्वारा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता, परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुद्वारा संघर्ष समिति गठन, आज एकै दिन एक हजार ९० जनाम कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

प्रधानमन्त्री देउवा र नेसपाका अध्यक्ष भट्टराईबीच भेटवार्ता
नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह पुगेका अध्यक्षद्वय भट्टराई , यादव र प्रधानमन्त्री देउवाबीच समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल भइरहेको हो ।

सत्तारुढ ५ दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी परित्याग भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन । भट्टराई र यादव सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासोको विषय बनेको छ ।

सत्तारुढ गठबन्धन भने विस्तार गरेर ८ दल पु¥याउने विषयमा छलफल जारी रहेको छ । यसअघि महन्थ ठाकुरसहितका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री देउवासँग चुनावी गठबन्धनको विषयमा बालुवाटारमा छलफल गरेका थिए ।

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने आयोगको तयारी
निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ ।

आयोगमा आज स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका हुन् ।

सरकारी सञ्चार माध्यमसंगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै उनले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुन दर्ता गर्न आह्वान गरेको जानकारी दिए । प्रवक्ता पौडेलले दुई वा दुई वटा भन्दा बढि दलहरु एउटै निर्वाचन चिन्हमा लड्ने हो भने केन्द्रीय समितीको निर्णयका साथ निवदेन दिनुपर्ने बताए ।

समानुपातीक समावेशीताको बिषयलाई व्यवहारलाई उर्तान प्रतिवद्ध छ : देउवा
प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।

२८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रीक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले संविधानमा उल्लेख समानुपातीक समावेशीताको बिषयलाई व्यवहारलाई उर्तान पनि आफुले पहल गरेको जानकारी दिए । आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको बिकासमा उनीहरुको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उनको भनाई छ । प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिए ।

एमालेद्वारा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता
नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगाएतका नेताहरु आज निर्वाचन आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चूनाव नलड्ने बताउनुभयो । आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।
गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुुनुपर्छ : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छ्न् ।

नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेपछि आज बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको उनको भनाई छ ।

निर्वाचन सम्बन्धी कानुन शंसोधनका लागि सरकार तयार
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागीता गराउन कानुनी अड्चन हटाउन सरकार तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद बिन्दा पाण्डेले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नका लागि राख्नुभएको ध्यानाकर्षण प्रस्तावका बिषयमा मन्त्री कोईरालाले निर्वाचनमा नै महिलाको समानुपातिक सहभागीता सुनिश्चित गर्नका लागि निर्वाचन आयोगले पनि काम गरिरहेको र सरकार पनि आवश्यक कानुनमा परिमार्जन गर्ने तयारीमा रहेको बताएका हुन् ।

उनले लैंगिक समानता र समावेशीताको प्रतिकूल रहेका कानुनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको जानकारी पनि दिए । संविधानमा उल्लेख समानुपातिक, समावेशी प्रतिनिधित्वको बिषयलाई लागू गर्ने बिषयमा सवैले ध्यान दिनुपर्ने उनको भनाई छ ।

परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुद्वारा संघर्ष समिति गठन
परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका छन् ।

तलब वृद्धिको विषयलाई लिएर सुरु भएको नायब सुब्बा बचाउ आन्दोलनमा ऐक्यबद्धता स्वरुप आज मन्त्रालय परिसरमा भेलाको आयोजना गरी नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका हुन् ।

परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैरेको संयोजकत्वमा गठित ७ सदस्यीय संघर्ष समितिमा मन्त्रालय, राहदानी विभाग तथा कन्सुलर सेवा विभागमा कार्यरत नायब सुब्बाहरु सदस्य रहेका छन् । संघर्ष समितिले नायब सुब्बा बचाउ आन्दोलनमा परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुको तर्फबाट समन्वय गर्ने जनाएको छ ।

नर्भिक अस्पतालेले लिजमा लिएको जग्गाको विषयमा महानगरले अध्ययन गर्ने
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको संरचनाका बारेमा काठमाडौं महानगरपालीकाले अध्ययन गर्ने भएको छ ।

सार्वजनिक जग्गाको संरचना हटाउन दिएको निर्देशनको अवस्था बुझ्न आज अस्पताल पुगेका महानगरका मेयर बालेन्द्र शाहले दुई पक्षको प्राविधिक राखेर अध्ययन समिति बनाउने बताएका हुन ।

मेयर शाह अस्पताल पुग्दा अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले अस्पतालले कानून अनुसार जग्गा भाडामा लिएको र अक्सिजनसहितका सामग्री भण्डारण गरिएको बताएका थिए ।

त्यसपछि मेयर शाहले अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय गर्ने बताउदै फर्किएका थिए । अस्पतालका अध्यक्ष सिंहले आफुहरुले सार्वजनिक जग्गा नमिचेको र महानगरले कुरै नबुझी भवन भत्काउन २४ घण्टे अल्टिमेटम दिएको बताए ।

आज एकै दिन एक हजार ९० जनाम कोरोना संक्रमण पुष्टि
नेपालमा थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ५८ पिसिआर परिक्षणका क्रममा ५ सय ६० जना र ३ हजार ३ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ३८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७३ हजार ४ सय ५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस विरुद्धको पुर्ण मात्रा खोप लगाउन सरकारको पुनः आग्रह
सरकारले कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन पुनः आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर उकालो लाग्न थालेसगैँ स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोपले नै गम्भीर अवस्थामा पुग्नबाट रोक्ने भएकाले , खोप अनिवार्य लगाउन आग्रह गरेको हो ।

खोप लगाएका मानिसको तुलनामा नलगाएका मानिसमा सङ्क्रमणले गम्भीर बिरामी बनाउने सम्भावना १० गुणाले धेरै हुने भएकाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ ।

यस्तै बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा गर्ने मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाउन, मास्क लगाउन, भौतिक दुरीको ख्याल गर्न र बेला–बेला साबुन पानीले मिचिमिची हात धुन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : २४ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा