माथिल्लो दोर्दी ए दुई करोड घाटामा | Khabarhub Khabarhub

माथिल्लो दोर्दी ए दुई करोड घाटामा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ ।

कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए ।

आयोजनाको बाँकी काम २०७९ जेठभित्र सम्पन्न गरी असार पहिलो साताबाट बिजुली उत्पादन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन भएको विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइनको प्रयोग गरी मध्यमस्र्याङदीको स्वीचयार्डमा पुराइने भएको छ ।

चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका घाटा गत वर्षको यही समय अवधिको तुलनामा भने घटेको हो । गत वर्ष ३ करोड २४ लाख ३२ हजार ५ सय २४ रुपैयाँ घाटामा थियो ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ४८ बजे

मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे अन्तरक्रिया (लाइभ)

काठमाडौं – मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे बहस आयोजना

गोरखा बजारमा खानेपानीको अभाव

गोरखा– गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न

बालमन्दिर जग्गा विवाद : सिआइबीले क-कसलाई जारी गर्‍यो पक्राउ पुर्जी (नामसहित)

काठमाडौं– बालमन्दिर जग्गा हिनामिना प्रकरणमा प्रहरीले २० जनाविरुद्ध पक्राउ पुर्जी

कांग्रेसले स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं- नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान

खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो

उदयपुर– यस वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न