नेपालद्वारा जिम्बाब्वे ‘ए’ ६ विकेटले पराजित, नेपाललाई सिरिजको उपाधि | Khabarhub Khabarhub

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ६ विकेटले पराजित, नेपाललाई सिरिजको उपाधि


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा जिम्बाब्वे ‘ए’ लाई नेपालले ६ विकेटको पराजित गर्दै सिरिज जितेको हो ।

यो जितसँगै नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज २–१ को अन्तरले जितेको होेजिम्बाब्वे ‘ए’ ले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा कुशल भुर्तेलले ८४ रन र दीपेन्द्र सिंह ऐरीले नटआउट ६० रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनाउन सफल भयो ।

जिम्बाब्वे ‘ए’ लाई रोक्न नेपालका किशोर महतोले ५, सोमपाल कामीले २ तथा करन केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिन सफल भए । 

सिरिजअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले जिम्बाब्वे ‘ए’ माथि ३ विकेटले जित निकालेको थियो । यसअघि भएको टी–ट्वान्टी सिरिज भने १–१ को बराबरीमा सकिएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेलेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको थियो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र