रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश | Khabarhub Khabarhub

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी थिइन् ।

माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको नेतृ भुसालले बताइन् । निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहेकी थिइन् । तर नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बनेकी थिइन् ।

भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, स्थायी समिति सदस्य मणि थापा, पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलगायतले एमालेमा स्वागत गरेका हुन् । नेतृ भुसालसहित २ सय ५० जना माओवादीबाट एमालेमा प्रवेश गरेको एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए । उनका अनुसार जिल्ला सदस्य भुसाल, नेता नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुसाल दिपू, जिल्ला सदस्य कृष्ण नेपाली, नेता नारायणप्रसाद भुसाल, जिल्ला सदस्य मूमबहादुर कुँवर, जिल्ला सल्लाहकार युवराज पोखरेललगायत छन् ।

कार्यक्रममा बोल्दै एमालेका सचिव छविलाल विश्वकर्माले कम्युनिस्ट पार्टीको मूल प्रवाह एमाले भएको भन्दै अव कतै पनि नअल्मलीकन एमालेमा समाहित हुन आग्रह गरे । आगामी निर्वाचनमा जुनसुकै गठबन्धनका विरुद्ध पनि एमालेले एक्लै विजय हासिल गर्ने उनले बताए ।

एमाले स्थायी समिति सदस्य मणि थापाले माओवादी केन्द्रको आफ्नो अस्तित्व र पहिचान मेटिँदै गएको भन्दै अव सही बाटो हिँड्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, बुटवल नगर इन्चार्ज कृषि पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ४६ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१