कतारमा कोरोना संक्रमण घट्यो, स्वास्थ्य मापदण्ड पालना नगर्ने कारवाहीमा | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमण घट्यो, स्वास्थ्य मापदण्ड पालना नगर्ने कारवाहीमा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक कतारमा कोरोना संक्रमणदर घट्दै गएको छ । यसअघि दैनिक चार हजार भन्दामाथि थपिने गरेको दैनिक संक्रमण हाल एक हजारभन्दा तल झरेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ८ सय १९ जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये १ सय ३८ विदेशबाट फर्केका यात्रु हुन्। योसँगै कतारमा संक्रमितको संख्या ३ लाख ४७ हजार ३६५ पुगेको छ ।

यस अवधिमा १ हजार ४७७ जना संक्रिमत निको भएका छन्। योसँगै निको हुनेको संख्या ३ लाख ३५ हजार २५७ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ८८ वर्षीय नागरिकको मृत्यु भएसँगै मृतकको संख्या ६५३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल कतारमा सक्रिय संक्रमितको संख्या ११ हजार ४५५ रहेको छ भने १४२ जनाको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ४३ जनाको आइसियुमा उपचार भइरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५ सय ४४ जनालाई कारबाही

संक्रमण तीव्र रूपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरू विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५ सय ४४ जनालाई कारबाही गरिएको जनाएको छ ।

जस अन्तर्गत मास्क नलगाएकोमा ४ सय १८ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको १ सय २० र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ६ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसँगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरी थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौँ व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नागरिकलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारीविरुद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ७ : ०८ बजे

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले