मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित « Khabarhub

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सर्वसम्मतबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा प्रदेशसभा सदस्यबाट उठेका विषयवस्तुलाई आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम पारित गर्न आग्रह गरे ।

त्यसपछि नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराउनुभएका प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह, सुन्दरबहादुर विश्वकर्मा र बाबुलाल साह (कानु) ले आआफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

त्यसलगत्तै सभामुख सरोजकुमार यादवले सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई निर्णायक प्रस्तुत गर्नुहुँदै सर्वसम्मतबाट पारित भएको घोषणा गरे ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : ५१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै