पुस्तक ‘खलंगामा हमला’ फिल्म बन्दै  | Khabarhub Khabarhub

पुस्तक ‘खलंगामा हमला’ फिल्म बन्दै 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक विनोद विष्टले पुनः पुस्तकमै आधारित फिल्म निर्माण गर्ने भएका छन् । झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फुल’ माथि फिल्म बनाइसकेका निर्देशक विष्टले यसपटक पनि मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ लाई फिल्म बनाउने भएका छन् । ‘खलंगामा हमला’ राधा पौडेलले झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनाको विषयमा लेखेको पुस्तक हो ।

यसअघि धेरैबाट पुस्तकमाथि फिल्म बनाउ माग गरिएको थियो’ लेखिका पौडेलले भनिन् ‘विनोद दाइले यसअघि बनाएको जीवन काँडा कि फूल हेरेपछि उहाँलाई विश्वास गर्न सके ।’ उनले आफूलाई फिल्मको बारेमा जानकारी नभएको बताए पनि निर्देशक विष्टले पुस्तकलाई फिल्ममा ल्याउने विश्वास बढेकै कारण फिल्म गर्ने अनुमति दिएको बताइन् । 

‘हामीले मिलेर पटकथा तयार गर्छौँ । अहिले घोषणा मात्र हो । यसपछि विभिन्न कुराहरू आउने नै छन्’ लेखिका पौडेलले भनिन् । निर्देशक विष्टले जीवन काँडा कि फूल बनाइसकेपछि धेरै पुस्तक पढेको र ‘खलंगामा हमला’ पुस्तकले आफ्नो मन छोएको बताए । विष्टले खलंगामा खासमा के भएको थियो भन्ने विषयमा आममानिसमा जिज्ञासा रहेको र त्यो कुरालाई आफूले फिल्ममा विशेष तरिकाले देखाउने सुनाए ।

‘हामीले अहिले फिल्म बनाउँदै छौँ है भनेर जानकारी मात्र दिएका हौँ । बाँकी काम भनेकै स्क्रिप्ट, कास्टिङ बाँकी नै छ । छिटै जानकारी दिन्छौँ’ निर्देशक विष्टले भने । उनले फिल्ममा सकेसम्म चिनिएको अनुहार नै राख्ने बताए । उनका अनुसार यो फिल्म निर्माणका लागि तीन करोड बजेट छुट्याइएको छ । फिल्म जुम्ला र चितवनमा छायाङ्कन हुनेछ ।  लेखिका पौडेलको यो पुस्तक २०१३ मा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ५६ बजे

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक