उर्जा संकट बढेपछि खर्च कटौती गर्न पाकिस्तानमा सातामा दुई दिन विदा | Khabarhub Khabarhub

उर्जा संकट बढेपछि खर्च कटौती गर्न पाकिस्तानमा सातामा दुई दिन विदा


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा संकट बढेको भन्दै पाकिस्तान सरकारले सातामा दुई दिन विदा दिने योजनालाई पुनर्स्थापित गरेको छ । भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएअनुसार खर्च कटौतीको प्रयासस्वरुप पाकिस्तान सरकारले सातामा दुई दिन विदा दिने योजना अघि ल्याएको हो ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिन नै शहबाज सरिफले गत अप्रिल १६ मा सार्वजनिक क्षेत्रका कार्यालयहरु शनिबार पनि खुला राख्न र साप्ताहिक विदालाई आइतबारमात्र कायम राख्न निर्देशन दिएका थिए ।

यद्यपि उनको घोषणाको चौतर्फी आलोचना भएको बताइएको छ । यस घोषणाबाट क्रुद्ध बनेका सार्वजनिक क्षेत्रका कर्मचारीहरुले प्रदर्शनको आयोजना समेत गरेका थिए ।

‘शनिबारको विदा पुनर्स्थिापित गरिएको छ । यो निकै चुनौतिपूर्ण समय हो र संकट नियन्त्रण गर्नका लागि यसो गर्न लागिएको हो ।’ पाकिस्तानी प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकपछि सूचनामन्त्री मरियम औरङजेबले भनिन् ।

सरकारले यसबाहेक सरकारी अधिकारीलाई दिइने पेट्रोलको कोटामा ४० प्रतिशतले कटौती गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : २२ बजे

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो