अछाम हत्या प्रकरण : ५ आरोपी पक्राउ | Khabarhub Khabarhub

अछाम हत्या प्रकरण : ५ आरोपी पक्राउ


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा हत्याका आरोपीत ५ जना पक्राउ परेका छन् ।  सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने’ ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’।

मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले भेटेका थिए । 

कांग्रेसको योजनाअनुसार हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन्। शव फेला परेको ५ दिनसम्म पनि शव उठाउन दिएका छैनन्। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले निरन्तर जिल्लाका विभिन्न स्थानहरूमा आन्दोलन जारी राखेका छन्। 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  २ : ५२ बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा