पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज | Khabarhub Khabarhub

पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै देशसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो ।

 प्रभावित भएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र । अहिले कोरोना केही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल देख्न सकिन्छ । तर, पर्यटकको प्रचुर सम्भावना बोकेको प्रदेश २ को एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज भने सुनसान देखिन्छ । 

पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै पर्यटकको रोजाइ स्थल बन्ने धेरैले आशा राखेका भए पनि पर्यटक भने आएका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा विकास नगर्दा पर्सा राष्ट्रिय निकुञ्जले पर्यटकलाई आकर्षित गर्न सकेको छैन । 

पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै भौतिक संरचना निर्माणले गति लिएको भए पनि पर्यटकलाई भने आकर्षित गर्न नसकेको हो । यस निकुञ्जको क्षेत्रमा जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन अत्यधिक छ । पर्सा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउन आतुर रहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

अब निकुञ्ज, पर्यटन होटल व्यवसायी, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार सबै मिलेर यसको प्रचारप्रसारमा लाग्नुपर्ने प्रमुख संरक्षण अधिकृत साहको भनाइ छ । यस निकुञ्जमा पर्यटकहरूका लागि ऐतिहासिक हलखोरिया दह, कामिनी दह, घाँसे मैदानलगायत दुई दर्जनभन्दा बढी रमणीय स्थान छन् । यहाँ संरक्षित गौरीगाई, बाघ, गैंडा, सालकलगायत वन्यजन्तु छन् । त्यसैगरी संरक्षित पक्षीहरूमा राज धनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मुजुर, सानो खर मुजुर, सारस तथा अजिङ्गर, सुन गोहोरो छन् । यो निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख वासस्थान मानिने निकुञ्ज जनाएको छ ।

उत्तरमा विश्वको कान्छो पहाड चुरे शृंखला, पूर्वमा निजगढ नगरपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणमा पूर्व-पश्चिम राजमार्ग गरी यसको क्षेत्रफल हाल ६२७.३९ वर्ग किमि फैलिएको छ ।यस निकुञ्जको चुरे पहाडमा प्रसिद्ध महादेव मन्दिर पनि रहेको छ। जहाँ शिवरात्रि र साउन महिनाभर स्थानीय स्वदेशी तथा भारतीय दर्शनार्थीहरूको समेत भीड लाग्ने गरेको छ ।

निकुञ्ज भित्रका वन्यजन्तु देखाउन भित्री मार्ग तयार गर्नुपर्ने, पर्यटक घुमाउन सकिने र उनीहरूका लागि सुरक्षित खान बस्नको व्यवस्थामा विगतभन्दा धेरै अघि बढिसकेको छ । बढीभन्दा बढी पर्यटकको आवागमनको पर्खाइमा होटल व्यवसायीहरू रहेको छन् । 

स्तरोन्नति भए पनि प्रचारप्रसार नहुँदा निकुञ्ज ओझेलमा पर्दै आएको होटल तथा पर्यटन महासंघ प्रदेश २ का संरक्षक सल्लाहकार युवराज लामाले बताए । 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ३५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई