चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने | Khabarhub Khabarhub

चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ ।

बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेले विजय सुवेदीलाई उठाएको छ । उनी बाग्मती प्रदेश सांसददेखि राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका हुन्।

उनको प्रतिस्पर्धा पाँच दलीय गठबन्धनको उम्मेदवार रेणु दाहालसँग हुँदै छ । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख भइसकेकी छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : १७ बजे

‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

काठमाडौं– लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’

तनहुँको झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ झाँगाझोलीमा निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडिबुटी

नर्जाखोलामा मोटरेबल पुल निर्माण, स्थानीय हर्षित

ढोरपाटन – बागलुङको तमानखोला गाउँपालिकाले सबैभन्दा टाढाको बस्तीमा नियमित यातायात

चीनमा खाद्य सुरक्षा कानुन लागू

बेइजिङ– अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य

प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी

गलेश्वर – प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान