विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ | Khabarhub Khabarhub

विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित,’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन म्याकक्लोस्कीले भने । उनले ५० खेलाडी डिस्चार्च भईसकेको र केहि खेलाडी अझै एकान्तवासमा भए पनि थप उपचारको खाँचो नभएको बताए ।

हाल ओलम्पिक बबलमा ३९३ पोजिटिभ केस रहेको बताइएको छ । जहाँ न्युज मिडिया र अफिसियलको संख्या बढी छ । २० फेब्रुअरीसम्म हुने विन्टर ओलिम्पिकका लागि १२ हजार आठ सय मानिसको चीनमा आगमन भएको छ ।

प्रतियोगिताको चौथो दिन आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । यस्तै, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मन, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् भने इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन् ।

प्रतियोगितामा तीन हजारभन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागीता जनाएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ४५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन