मधेसमा दुईवटा संसदीय समितिका सभापति चयन हुँदै « Khabarhub

मधेसमा दुईवटा संसदीय समितिका सभापति चयन हुँदै

सार्वजनिक लेखा समिति पनि सत्तारुढको भागमा


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशसभामा रिक्त दुईवटा संसदीय समितिका सभापति आज मंगलबार चयन हुँदैछन्।सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको हो।

सार्वजनिक लेखामा सभापतिमा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लोसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराएका छन्।

कृषि समितिमा सत्तारुढ दलबाट नेकपा एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष नेकपा एमालेकी जगतारण देवीले मनोनयन पत्र दर्ता गराएका छन्।

एकल उम्मेदवारी परेपछि नेकपा माओवादी केन्द्रका जगत यादव भने प्राकृतिक स्रोत तथा वातावरण समितिमा निर्विरोध निर्वाचित भइसकेका छन्।

सार्वजनिक लेखा समितिमा कांग्रेस, कृषि समितिमा एस र प्राकृतिक स्रोतमा माओवादी केन्द्रले पाउनेगरी सत्ता गठबन्धनमा भागवण्डा भएअनुसार उम्मेदवारी परेको हो।

समाजवादीका मनिष सुमनले अर्थ तथा योजना समिति, अब्दुल कलाम अजादले विकास समिति र अशोक यादवले प्रदेश मामिला समितिको सभापति यसअघि नै पाइसकेका छन्।

प्रतिपक्षीको विरोध

संसदीय व्यवस्थामा संसदको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले लिने प्रचलन छ। प्रदेश सभामा पनि सोही अभ्यास भइरहेको छ।

तर, प्रदेश २ मा सत्तारुढ दलले नै सार्वजनिक लेखा समितिको सभापति पाउने भएपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले विरोध गरेको छ। संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले पाउनुपर्ने मान्यता रहेकोले उक्त समितिको नेतृत्व पाउनुपर्ने लोसपाका प्रमुख सचेतक परमेशर साहले बताए। न्युज कारखाना

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : ०८ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ