संगीतमा नेपाल र भारतलाई जोड्ने लता | Khabarhub Khabarhub

संगीतमा नेपाल र भारतलाई जोड्ने लता

भारतीयलाई एकताबद्ध बनाउने मंगेशकर


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साङ्गीतिक क्षेत्रकी एक उत्कृष्ट व्यक्तित्व लता मंगेशकरको निधनसँगै सिङ्गो भारत अहिले शोकमा डुबेको छ।

बलिउडका सयौँ गीतमा स्वर भरेकी लताले आइतबार ९२ वर्षको उमेरमा देह त्याग गरिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित थुप्रै कलाकार तथा सामाजिक व्यक्तित्वले लताको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे।

आधा शताब्दी भन्दा बढी समय गायन क्षेत्रमा बिताएकी उनले दर्जनौ भाषामा गीत गाएकी छन्। स्वर कोकिला लता भारतीय नागरिक मात्र हुन्। उनले धेरै भाषामा गीत गाएकी छन्। नेपालीसहित ३६ भाषामा गीत गाएकी लताले नेपाल र भारतको सम्बन्धलाई संगीतमार्फत् जोडेकी छन्।

लामो साङ्गीतिक यात्रामा उनले मराठी, हिन्दी, संस्कृत, बङ्गाली, उर्दू, नेपालीसहित ३६ भाषाका ३० हजार गीत गाएकी हुन्।

मङ्गेशकरले गाएको ‘मरेपछिको स्वर्ग कसले पो देख्या छ र ?’ गीत नेपाली मनमनमा छ। लताले उक्त गीत रामकृष्ण ढकालसँग गाएकी हुन्। उनले यस्ता थुप्रै नेपाली गीत गाएकी छन्। जसले नेपाल र भारतलाई संगीतमार्फत् जोडेको छ।

लामो साङ्गीतिक यात्रामा उनले मराठी, हिन्दी, संस्कृत, बङ्गाली, उर्दू, नेपालीसहित ३६ भाषाका ३० हजार गीत गाएकी हुन्।

भारतमा दुई दिन शोक मनाइयो भने राष्ट्रिय झन्डासमेत आधा झुकाइयो। कोभिड १९ सङ्क्रमण पुष्टि भएपछि जनवरी महिनामा नै अस्पताल भर्ना गरिएकी लता यस महामारीको सिकार बन्दै संसार छाडिन्।

प्ले ब्याक गायिकाको रूपमा सिने उद्योगलाई नै परिष्कृत बनाएकी लतालाई ‘बलिउडकी नाइटींगल’ उपनाम दिइएको थियो। उनको निधन पश्चात् राष्ट्रपति रामनाथ कोविदले अत्यन्त दुःखद समाचार भन्दै लाखौँ भारतीय शोकमा डुबेको बताए।

क्रिकेट समर्थक लताको निधनमा पूर्व राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले संसारका हजारौँ जना उनको निधनले शोकाकुल भएको प्रतिक्रिया दिएका छन्।

लताको निधनमा शोक व्यक्त गर्दै चर्चित अभिनेत्री हेमा मालिनीले लताले स्वर भरेको गीतमा अभिनय गर्न पाउन सौभाग्य भएको बताइन्। हेमा मालिनीले लताको जस्तो गीत गाउने खुबी कसैमा पनि नभएको प्रतिक्रिया दिएकी छिन्।

लताको उचाई

मध्य प्रदेशको इन्दोरमा २८ सेप्टेम्बर १९२९ का दिन जन्मिएकी लताले पाँच वर्षकै उमेरमा बाबु दिननाथ मंगेशकरबाट सङ्गीत सिक्न सुरु गरेकी हुन्। बाबु दिननाथ नाटकको दुनियाँमा सक्रिय थिए।

बाबुको निधनपछि उनको परिवार नै मुम्बई गएको हो। मुम्बईमा उनले सुरुवाती दिनमा मराठी फिल्ममा गीत गाउन थालिन्। परिवार चलाउनकै लागि सुरुवाती दिनमा केही चलचित्रमा अभिनयसमेत गरेकी उनले त्यस क्षेत्रमा लामो समय रुची राख्न सकिनन्। आफ्नो रुची गीत गाउनमा नै भएका कारण उनी गायनमा केन्द्रित भएकी थिइन्।

सन् १९४९ मा चलचित्र महलको ‘आएगा आनेवाला’ गीत उनको जीवनको मुख्य ब्रेक थ्रु थियो। सङ्गीत निर्देशक मोहम्मद जहुर खायामले धेरै नायिका लताले गाएको गीतमा अभिनय गर्न चाहे पनि उनी धेरै व्यस्त हुने भएकाले थोरैले मात्र भाग्यवश त्यो अवसर पाउने गरेको बताएका छन्।

पहिलो गीत गाएको केही दशकमा लता हजारौँ गीत गाउन सफल भइन्। ती गीतमा बलिउडका स्टार कलाकारले अभिनय गरेका छन् ।

समीक्षकहरू लताको स्वरलाई अरबौँ भारतीयलाई एकताबद्ध बनाउने मियो पनि मान्ने गर्छन्। उनका ती समर्थककै विचारमा भारतको राजनीतिक र सामाजिक अवस्था सही या खराब जुनसुकै बाटोमा गएको भए पनि लता मुटु नै भएर बसेको प्रतिक्रिया दिएका छन्।

पहिलो गीत गाएको केही दशकमा लता हजारौँ गीत गाउन सफल भइन्। ती गीतमा बलिउडका स्टार कलाकारले अभिनय गरेका छन् ।

सन् १९९९ मालतालाई भारतको माथिल्लो संसद्मा चुनिए पनि उनले त्यसलाई अस्वीकार गरेकी थिइन्।
भारतीय नागरिकले पाउने सर्वैभन्दा माथिल्लो सम्मान भारत रत्नबाट उनी सन् २००१ मा विभूषित भएकी थिइन्। सन् २००४ मा लता ७५ वर्ष पुरा भई सके पछि फिल्म निर्देशक यस चोपराले लताको स्वरमा दैवी शक्ति भएको प्रतिक्रिया दिएका थिए।

अविवाहित लताको सोख क्रिकेटदेखि कारसम्म थियो। उनको परिवार नै संगीतमा छ । बहिनी आशा भोषले पनि बलिउडकी गायिका हुन्। दिदी बहिनीले कहिल्यै पनि प्रतिद्वन्द्वीताको महसुस गरेनन्। थुप्रै पटक सँगसँगै गीत गाए।

सात दशक भन्दा बढी समय सङ्गीतमा बिताएकी उनले स्वर भरेका सयौँ गीतहरू लोकप्रिय बने। यसमा कुन गीत उत्कृष्ट भनेर चयन गर्न जो कोहीका लागि पनि पक्कै कठिन हो। यसका बाबजुद सङ्गीत विज्ञहरूले उनका उत्कृष्ट गीतको वर्गीकरण गरेका छन्।धेरै भारतीय फिल्मका पण्डितले ‘व कौन थी ’को गीत ‘लग जा गले’लाई लताको उत्कृष्ट गीतको रूपमा चयन गरेका छन्।

उनको परिवार नै संगीतमा छ । बहिनी आशा भोषले पनि बलिउडकी गायिका हुन्। दिदी बहिनीले कहिल्यै पनि प्रतिद्वन्द्वीताको महसुस गरेनन्। थुप्रै पटक सँगसँगै गीत गाए।

राज मेहन्दी अल खानले लेखेको यो गीतमा मदन मोहनले सङ्गीत भरेका थिए। मनोज कुमार र साधना सिवदसानीको अभिनय रहेको सो फिल्म त्यस समयको अत्यन्त चर्चित र सफल फिल्मको कोटीमा थियो। थ्रीलर फिल्मका यस खालको गीतमा लताको स्वरको मिठासले अझ बढी लोकप्रिय बनाएको थियो।

‘दिल अपना और प्रीत पराइ’ अर्को सफल भारतीय चलचित्र हो। त्यसै चलचित्रमा ‘अजिव दस्तान हे ए’ भन्ने बोलको गीत त्यत्तिकै लोकप्रिय र कर्णप्रीय थियो।

लताको स्वर भएका गीतमध्ये यो अर्को उत्कृष्ट र सफल गीतको रूपमा सधैँ रहने छ। फिल्ममा राजकुमार, मिना कुमारी र नदिनाको मुख्य भूमिका थियो। शैलेन्द्रले लेखेको यो गीतमा शङ्कर जय किसनले सङ्गीत भरेका थिए।

भारतीय सिने उद्योगमा ‘प्रेम पुजारी’ त्यत्तिकै सफल चलचित्र हो। त्यस चलचित्रमा देव आनन्द, बहिँदा रहमान, नादीया गमाल, प्रेम चोपरा र मदन पुरीको मुख्य भूमिका थियो। त्यसै फिल्मको ‘रङ्गिला रे ’ अत्यन्त चर्चित गीत थियो।

शाहरुक खान र माधुरी दीक्षित अभिनीत ‘दिल तो पागल हे’ बलिउडको एक सुपर हिट चलचित्र हो। त्यस चलचित्रमा आनन्द बक्सीले लेखको तथा उत्तर सिंहको कम्पोजीसन रहेको ‘आर रे आरे ’बोलको गीत लताको अर्को कर्णप्रीय गीतको रूपमा रहेको थियो।

चलचित्र ‘दिल से’मा साहरुख खान र प्रीति जिन्टाको अभिनय थियो। साहरुख खानको स्टारडम चली रहेको ९० को दशकको त्यो चलचित्रको ‘जिया जले’ भने लतालाई एकदमै मन परेको गीत हो। यस गीतमा ए आर रहमानले सङ्गीत भरेका थिए।

सन् १९७४ मा राजेश खन्ना, जित अहमान, प्रेम चोपरा र अस्रानी अभिनित ‘अजनबी ’ सुपर हिट भएको थियो। त्यसै फिल्मको ‘भिगी भिगी रातो मे’ त्यत्तिकै कर्णप्रीय गीत मानिन्छ। आनन्द बक्सीले लेखेको त्यो गीतमा आरडी बर्मनले सङ्गीत दिएका थिए।

साहरुख खान र काजोल अभिनित ‘दिलवाले दुलनीया ले जाएगें’ अर्को सुपर हिट फिल्म हो। यसै फिल्मको ‘मेरे ख्वाबोमे जो आये ’लताको अर्को कर्णप्रीय र धेरैले मन पराएको गीत हो।

सन् १९७४ मा राजेश खन्ना, जित अहमान, प्रेम चोपरा र अस्रानी अभिनित ‘अजनबी ’ सुपर हिट भएको थियो। त्यसै फिल्मको ‘भिगी भिगी रातो मे’ त्यत्तिकै कर्णप्रीय गीत मानिन्छ। आनन्द बक्सीले लेखेको त्यो गीतमा आरडी बर्मनले सङ्गीत दिएका थिए।

फिल्म ‘मोहब्बते’का लागि लता र उदित नारायणले गाएको ‘हमे हामसे चुरा लो ’ बोलको गीत एक मय धेरै भारतीयको मुख मुखमा झुन्डिने गरेको थियो। आनन्द बक्सीले नै लेखको यो गीतमा जतिन ललीतले सङ्गीत भरेका हुन्।

राज कपुर र नरगीस अभिनीत ‘श्री ४२०’ भारतीय फिल्म उद्योगको सुरुवाती दिनकै हिट मध्यको एक फिल्म थियो। यसै फिल्ममा रहेको ‘प्यार हुवा एकरार हुवा’लाई धेरैले मन पराएका थिए। शङ्कर जय किसनको सङ्गीत रहेको यस गीतमा लताको साथमा मन्नादेले गाएका थिए।

‘आज फीर जिने तमना हे ’ गाइड फिल्मको गीत हो। कुनै समयमा सुपर स्टार देव आनन्द र बहिँदा रहमानले त्यस फिल्ममा अभिनय गरेका थिए। शैलेन्द्रले लेखको तथा सचिन देव वर्माले सङ्गीत भरेको त्यस गीतलाई पनि शीर्ष कोटीकै गीतको रूपमा व्याख्या गर्ने गरिन्छ।

फिल्म ‘अनामिका’मा सञ्जीव कुमार, जया बाढुरी, राजेश बेही र हेलनको अभिनय थियो। त्यस फिल्मका धेरै गीत कर्णप्रीय थिए। यसै फिल्मको ‘बाहु मे चले आओ ’सुपर हिट गीत थियो। मजरोह सुन्तानपुरीले लेखेको यस गीतमा राहुल देव बर्मनले सङ्गीत भरेका थिए।

Singer Lata Mangeshkar laughs at the launch of her hindi music album ‘Saadgi’ or Simplicity, on World Music Day, in Mumbai, India, Thursday, June 21, 2007. Mangeshkar has released a music album after a gap of 17 years. (AP Photo/Rajesh Nirgude)

कतिपयले ‘दिलवाले दुलनीया ले जाएगें’को ‘तुझे देखा तो ए जाना सनम’लाई लताको उत्कृष्ट गीत मान्ने गरेका छन्। ‘कोरा कागज थे ये मेन मेरा’, ‘मेरा साया साथ होगा’,‘ आपकी नजरोने समझा ’लगायत उनका गीतलाई त झन् कम आँक्न मिल्दैन।

३० हजार भन्दा बढी गीतमा सहियौँ गीत कर्णप्रीय छन्। यस कर्णप्रीय गीतको सुचीकृत गर्न साँच्चै कठिन हो। भारत र नेपालका धेरै सङ्गीत प्रेमीको त्यो आदर्श पात्र लता मंगेसकर अब हाम्रा माझमा नरहे पनि ७० दशकको बिचमा स्वर भरेका हरेक गीतले उनलाई अमर बनाएका छन्। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : २३ बजे

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।