विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै | Khabarhub Khabarhub

विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्।

कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। यस्तै ३१ करोड ७३ लाख ६० हजारभन्दा बढी निको भएका छन्।

२४ घण्टामा ७ हजार ८ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ लाख ६७ हजार पुगेको छ।

अझै पनि ७ करोड ४७ लाख सक्रिय संक्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार १ सय ४६ जना निको भएका छन्।

संक्रमितमध्ये हालसम्म ९ लाख १५ हजार ४८९ जना निको भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ। सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ४९ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्