चुनावअघि नै भावी प्रधानमन्त्रीबारे सहमति हुँदैन | Khabarhub Khabarhub

अन्तर्वार्ता

चुनावअघि नै भावी प्रधानमन्त्रीबारे सहमति हुँदैन

‘देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्ड मात्रै होइनन्’


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ : संसदीय निर्वाचनको मिति घोषणा भएसँगै दलहरू निर्वाचनको आ–आफ्नै तयारीमा जुटेका छन् । खास गरी नेकपा एमाले र नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानिएको यस निर्वाचनमा कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका ५ दलहरू गठबन्धन गरेर अगाडि बढ्दै छन् । एमाले भने एक्लै छ । गठबन्धन पश्चात् पनि कांग्रेसभित्र केही समस्या यथावत् नै रहेको छ । जस्तो संस्थापन इतरका कतिपय नेताहरूले गठबन्धन कसरी गर्ने भनेर पार्टीभित्र चर्काे आवाज उठाएका छन् भने अर्कोतिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन पछि आफूलाई प्रधानमन्त्री पद दिनुपर्ने दाबी गरेका छन् । के नेपाली काँग्रेसले यति सहजै प्रधानमन्त्री पद प्रचण्डलाई दिन सक्छ त ? आगामी निर्वाचनमा नेपाली काँग्रेसले लिएर जाने एजेन्डा के हो त ? यस्तै विषयवस्तुमा आधारित रहेर नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारसँग धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचनको मिति घोषणा भयो, नेपाली कांग्रेसले आन्तरिक रूपमा के–कस्तो तयारी गरिरहेको छ ?
सरकारले निर्वाचनको मिति घोषणा गरे पश्चात प्रधानमन्त्री तथा पार्टी सभापतिसहित हामीले पदाधिकारीहरूको औपचारिक अनौपचारिक बैठकहरू बस्न बाँकी छ । छिटै नै औपचारिक रूपमा बैठक बसेर निर्वाचनको सम्बन्धमा निर्णय गछौँ । र, निर्वाचनको काम अगाडि बढ्छ ।

यसपालिको निर्वाचनमा नेपाली कांग्रेस के एजेन्डा बोकेर जनताको घरदैलोमा पुग्छ ?
लामो समय र कठोर त्याग तपस्या र बलिदानीबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएका छौँ । त्यसैले गर्दा २०७४ सालको आम निर्वाचन पश्चात् प्रदेश सरकार र संघीय सरकार बन्यो । सरकारमा गएपछि पनि यो लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने गतिविधिहरू हुन थाले । त्यसकारण नेपाली कांग्रेसले आफ्नो एजेन्डामा विचलित नभई लोकतान्त्रिक संविधानलाई रक्षार्थका लागि, राजनीतिक स्थायित्वको लागि र नेपाली जनताको समृद्धिको सपना पुरा गर्नको लागि पटक–पटक आवाज उठाउँदै आएको छ । राष्ट्रियताको सवाललाई साझा एजेन्डा बनाएर जनतालाई नढाँटी अगाडि बढ्छौँ । नेपाली जनतालेले देखेका समृद्धिका सपनाहरूलाई पुरा गर्नको लागि सबै जाली वर्गको नेतृत्व र भूमिका निर्वाह गर्न सक्छ भनेर जनताको विश्वास जित्न सक्नु पर्दछ । एजेन्डाले मात्र पनि विकास नहुने रहेछ इच्छा शक्ति पनि आवश्यक पर्ने रहेछ । यसरी अगाडि बढ्यो भने समृद्धिको विकास हुन्छ । त्यसैले नेपालमा सधैँ आन्दोलन गर्नुपर्ने, सधैँ भ्रष्ट्राचारको विरुद्धमा मात्र बोल्नु पर्ने, सधैँ अनियमितताको बारेमा बोल्नु पर्ने, जनताले जहिल्यै प्रश्न मात्र खडा गर्नुपर्ने अवस्था मात्र बाँडफाँड हुनुपर्ने हुनाले नेपाली काँग्रेसले जनताले खोजेको समृद्धि के हो ? मुलुकलाई हामीले कसरी समृद्धिको दिशातर्फ लैजान सक्छौँ ? त्यसैले आर्थिक समृद्धिको एजेन्डाबिना मुलुक अगाडि जान सक्दैन । त्यसैले हामीले आर्थिक समुन्नतिको एजेन्डा, सुशासनको एजेन्डा र राष्ट्रियता एजेन्डा लगायतका विविध विषयहरूलाई सँगसँगै लैजानुपर्छ ।

नेपाली कांग्रेसले धर्म निरपेक्षता र संघीयताका विषयमा कसरी समीक्षा गर्दैछ ? यो विषय पार्टी पदाधिकारी बैठकमा कसरी उठ्छ ?
नेपाल एउटा बहुभाषिक, बहु–सांस्कृतिक, बहु–जातिय, बहु–धार्मिक मुलुक हो । भौगोलिक विकटता र विविधता भएको मुलुक हो । त्यस कारणले सबै धर्मलाई प्राथमिकता दिएर सबैलाई समान मान्नु पर्दछ । राज्यले एउटा धर्मलाई मात्र प्राथमिकता दिनुहुँदैन भनेर २०६२÷०६३ सालको आन्दोलनपछि प्रस्तावित प्रतिनिधि सभाबाट नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनु पर्दछ भनेर संविधानमा पनि राखेका छौँ । संविधान पल्टाएर हेर्दा कुनै एउटा धर्मलाई मात्र मान्यता दिनु पर्दछ । कुनै धर्म मान्नु हुँदैन भनेर भनेको छैन । त्यसैले धर्म निरपेक्षता भित्र धार्मिक स्वतन्त्रता पनि छ ।

यो निर्वाचनमा केही नयाँ दल र स्वतन्त्रको अभियान चलाउनेहरू पनि प्रशस्त देखिएका छन् । त्यसलाई नेपाली कांग्रेसले कत्तिको गम्भीर ढंगले लिएको छ ?
भर्खरै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । कँही कतै महत्वपूर्ण ठाउँमा स्वतन्त्र व्यक्तिहरुले निर्वाचन जितेपछि कोही विशिष्ट व्यक्तिहरु जसले आफूलाई पलपुर व्यक्ति छु भन्ने लागेको छ । ती व्यक्तिहरूले यो स्वतन्त्र पार्टी नै खोलेर स्वतन्त्र ढङ्गबाट सबै जनताको मन जित्छु यो देश नै कब्जा गर्छु भन्ने सपना देख्नु भएको छ । यसले मात्र भोलि चुनाव जित्ने देशको बागडोर समाल्ने भन्ने मलाई लाग्दैन । उहाँहरूले प्रदेशमा गएर प्रचार प्रसार गरेर आउने रिजल्ट भोलि नै आउँछ । उहाँहरूको कारणले गर्दा अन्य स्थापित राजनीतिक दलहरू मा जुन चुनौती आएको छ, यो लोकतन्त्रमा एउटा सुन्दर पक्ष हो जस्तो मलाई लाग्छ ।

तपाईहरु यसरी मनलाग्दी गर्ने, गतिलो काम नगर्ने, राजनीतिका नाममा जथाभावी निर्णय गर्ने प्रवृत्ति रोकिएन भने परिणाम स्वतन्त्रकै पक्षमा जान्छ जस्तो लाग्दैन् ?
गतिलो त जनताले मूल्याङ्कन गर्ने हो । नेपाली काँग्रेसले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा नेपालको राज्य व्यवस्था सञ्चालनको सन्र्दभमा हेर्ने हो भने आजसम्म एक जना मात्र प्रधानमन्त्री हुनुहुन्छ । तर कम्युनिष्टहरुको चार पाँच जना हुनुहुन्छ । कोही त दुई पटक पनि हुनु भएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले धेरै संघर्ष गरेर यो ठाउँमा पुगेका छन् । उनीहरूको विचार र सिद्धान्तका आधारमा कार्यकर्ताहरू रहेका छन् । त्यसैले यो सबै कुरा त जनताहरूमा अवगत नै छ । त्यसैले अन्य नयाँ दलहरूलाई कुन स्थानमा राख्ने भन्ने कुरा जनताकै हातमा छ ।

नेपाली कांग्रेसले यो पटक कम्युनिष्ट्रहरुसँग तालमेल गरेर चुनाव लड्दा तपाईहरुलाई अप्ठ्यारो लागेको छैन नि ?
तालमेल र गठबन्धन गर्दाका फाइदा छन् । चुनावको बेलामा गठबन्धन गर्ने वा तालमेल गरेर निर्वाचनमा विजयी हासिल, गर्ने र सत्ता सञ्चालन भने संस्कृति दक्षिण एसियाका केही देशहरूमा पनि छ । र, नेपालमा पनि विकास भएको छ । अघिल्लो २०७४ सालको निर्वाचनमा पनि नेकपा एमाले र माओवादी फरक बिचार भएको पार्टी मिलेर गयो । त्यसैले सिद्धान्त मिल्यो भने एउटै पार्टी हुन्छ । त्यसैले विभिन्न बिचार भएको राजनीतिक दलहरू निवाचर्नमा जाने हुँदा हामी पनि एक भएर अगाडि बढाएका छौँ ।

सिट बाँडफाँड कसरी हुन्छ ?
नेपाली कांग्रेसका पूर्व महामन्त्री विष्णु प्रसाद सिटौलाको संयोजकत्वमा ५ राजनीतिक दलका शीर्ष नेताहरू बसेर ११ सदस्य सिट बाँडफाँड उपसमिति बनाइएको छ । उहाँहरूले एउटा मस्यौदा बनाएर सिटको बाँडफाँड टुङयाएर निर्वाचनमा जाने तयारी हुन्छ ।

आगामी निर्वाचन पछि कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार छ त ?
गठबन्धनमा रहेका राजनीतिक दलहरूबीचमा विभिन्न समझदारी हुन सक्छन् । सकेसम्म नेपाली कांग्रेसले एउटा बहुमतसहितको आगामी सरकार बनाउने तयारी छ । हामीले पार्टीको केन्द्रीय समितिको निर्णय पनि गरेका छौँ । तालमेल गरेर अगाडि बढ्दा पनि राजनीतिक स्थायित्व कायम गर्ने, सरकारको स्थायित्व कायम गर्ने भनेर निर्णय गरेका छौँ । त्यसैले आगामी सरकारको नेतृत्व नेपाली काँग्रेसबाटै हुनु पर्दछ भनेर हाम्रो धारणा राख्नु पर्दछ । कथम कदाचित कुनै दलको बहुमत आएन एकलौटी सरकार बन्न सकेन भने त्यति बेला हामीले गठबन्धनकै दलहरू मिलेर संयुक्त सरकार बनाउनु पर्दछ । चुनावपछि को प्रधानमन्त्री बन्ने नबन्ने भनेर त्यति नै बेला छलफल गरेर टुङ्गो लगाउनु पर्दछ । आज नै हामीले भावी प्रधानमन्त्री यो हो भनेर गठबन्धनकै नेतालाई अगाडि सार्नु व्यवहारिक हुँदैन । प्रचण्डले मात्र देउवालाई प्रधानमन्त्री बनाएको हैन । अहिले ५ दलीय गठबन्धनमा रहेका दलहरूबीचमा एउटा सहमति बन्यो । त्यसभित्र सबै भन्दा ठुलो दल काँग्रेस थियो । सबै भन्दा ठुलो राजनीतिक दलको पार्टी सभापति हुनुन्थ्यो र सबैको भूमिकामा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको हो । त्यसैले आगामी दिनमा देशको प्रधानमन्त्री हुने भन्ने विषयमा संसदीय दलहरूले आपसमा निर्णय गरेर वा राजनीतिक दलहरूले आ–आफ्नो ढङ्गले निर्णय गरेपछि नै टुङ्गो लाग्छ । कसैलाई मन लागेर हुँदैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ४७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम