जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो  | Khabarhub Khabarhub

जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो 


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।

गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा सो प्रस्तावलाई पठाउने प्रस्तावलाई आइतबारको प्रतिनिधिसभाले बहुमतले स्वीकृत गरेको हो ।

गत फागुनमा संसद्ले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

समितिमा एमालेबाट विष्णु  पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, कांग्रेसबाट मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशाेदा सुवेदी, रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : १२ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम