६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु | Khabarhub Khabarhub

६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ।

प्रदेशको सरकारको कूल रु छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो ।

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गतेसम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ । उक्त सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौँले पाएको हो ।

वीरगञ्ज-१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ५३ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश