दुई बालिका सुनकोशी नदीमा बेपत्ता | Khabarhub Khabarhub

दुई बालिका सुनकोशी नदीमा बेपत्ता


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।

बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : १० बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी