सेयर बजार नेप्सेमा ४५ अंकको गिरावट    | Khabarhub Khabarhub

 सेयर बजार नेप्सेमा ४५ अंकको गिरावट   


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११।२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार १२.८९ अंकले गिरावट आएको थियो । 

नेप्सेमा ३८ लाख ८७ हजार ७ सय ४८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेमा मंगलबार १ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् । 

सेयर बजारमा २ कम्पनी बलेफी हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।   सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैयाँ ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्सेमा एकमात्र कम्पनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८।५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ४३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र