अमेरिकामा नेपाली युवामाथि निर्घात कुटपिट   | Khabarhub Khabarhub

अमेरिकामा नेपाली युवामाथि निर्घात कुटपिट  


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवामाथि निर्घात कुटपिट भएको छ ।

ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका सागर तामाङमाथि आक्रमण भएको हो ।

गत शनिबार राति ११ बजे अचानक टाउकोको पछाडि केही चिजले हिर्काएको महसुस भएको र त्यसपछि आफू बेहोस भएर भोलिपल्ट अस्पतालमा हुँदा मात्र होस खुलेको उनले बताएका छन् । तामाङ राइडसेयर चालकको रुपमा काम गर्छन् ।

निर्घात कुटपिटबाट घाइते भएका उनले पर्स, फोनलगायतका सबै सामान हराएको वा लुटिएको हुनसक्ने बताएका छन् ।

ओकल्याण्ड प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १ : १२ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा