चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा  | Khabarhub Khabarhub

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा 


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । 

दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो । 

चलचित्र पत्रकार संघले विक्रम संवत २०७७ को चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही २५ हजार राखिएको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रीना मोक्तानलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

यस्तै वर्ष २०७८ को चलचित्र पत्रकारिता सम्मानबाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मानित गर्ने निर्णय गरेको छ । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही ५१ हजार रहेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मनोज न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षबाट थपिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट कास्कीका रेम विकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

यस्तै, २०७९ को चलचित्र पत्रकारिता सम्मानबाट राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गर्ने निर्णय गरिएको छ । यसै वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उद्धव रसाइलीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । यसवर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । 

‘हामीले कोरोना भाइरसको महामारीमा गर्न नसकेको पुरस्कार तथा सम्मानलाई एकै पटक प्रदान गर्ने गरि घोषणा गरेका छौँ  यसलाई एकै पटक प्रदान गर्ने तयारी छ’ अध्यक्ष सिटौलाले भने । संघले एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा पुरस्कार प्रदान गर्ने बताएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ३३ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका