चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी | Khabarhub Khabarhub

चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ । शुक्रबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडक खण्डको भुलभुले, घुच्ची लेक हुँदै पिना गाउँसम्म पुग्ने सडक अवरुद्ध भएको छ ।

यहाँ करिब तीन फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन जेसीबीसहित तीन जना प्रहरी समेत खटाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवाष हमालले बताए ।

पुस पहिलो पटक परेको हिमपातले पनि नाग्म–गमगढी सडक बन्द भएको थियो । यसबेला पनि डोजर लगाएर खुलाइएको थियो । उनले भने, ‘यसपटक पनि डोजर परिचालन गरिएको छ । सायद आज बेलुकासम्म सडक खुल्छ की उनको अनुभव रहेको छ । हिजोदेखि हिउँ पन्छाउन डोजर र प्रहरी प्रयोग गरेका छौ, हिमपातले जमिन नछोडेपछि हिउँ पन्छाउन समस्या भएको छ ।’

यो सडक खण्ड हिउँदमा हिमपात र बर्षामा पानीले अबरुद्ध हुँदै आएको छ । १ पुस २०६९ मा मुगु सडक सञ्जालमा जोडिए पनि हालसम्म सडकको स्तरोउन्नति नहँुदा बर्षको चार महिना मात्रै सवारी सहज रुपमा चल्छ ।

सडक खुलेको लामो समय भै सक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, नाला, ढल, कल्भडको व्यवस्था नहँुदा पटक पटक सडक अवरुद्ध हुने गरेको स्थानीयको दुखेसो छ ।

हरेक वर्ष आठ महिना सडक बन्द हुँदा उपभोग्य सामग्री समेत अभाव हुने गरेको व्यापारीहरू बताउँछन् । साथै सडकको नाममा हुने राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सडक बन्द हँुदा स्थानीय तहका वकिास निर्माणका काम समेत प्रभावित हुने गरेका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या हुने गरेको स्थानीयले बताए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ३० बजे

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छ : नगर प्रमुख कोइराला

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि

प्रतिनिधि सभा बैठक : गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

सभामुखलाई उपेन्द्रको पत्र : अशोकसहित सात सांसदको पद गइसक्यो, विश्वासको मत दिन मिल्दैन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित

अर्थसंक्षेप : बिजुली नपुगेका घर खोज्दै कुलमानदेखि सुनकाे मूल्य उच्चसम्म 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली नपुगेका

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान