महानगरले विद्युतको महशुल तिर्न बाँकी छैन : बालेन | Khabarhub Khabarhub

महानगरले विद्युतको महशुल तिर्न बाँकी छैन : बालेन


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयमा सत्यता नभएका मेयर बालेन साहले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत मेयर बालेनले महानगरले विद्युतको महशुल तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन् ।

महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर बालेनले महानगरले महशुल तिर्न बाँकी नरहेको र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएको बताएका छन् ।

बालेनका फेसबुक स्टाटस:

काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ ।

१. काठमाडौं महानगरपालिका काठमाडौं महानगरबासीको सेवाका लागि स्थापित स्थानीय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ। जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरूबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ।

२. नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तीको रकम भनिएको छ। कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौं महानगरपालिकाको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो।

३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ। जनताले तिर्नुभएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट सम्बन्धित निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संवैधानिक निकायहरूबाट यसको लेखापरीक्षण गरिन्छ। यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नुपर्ने दायित्व रहन्छ।

४. सडक बत्ती महानगरबासीले प्रयोग गर्ने हो। महानगरक्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ। यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छररहँदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल विद्युत् प्राधिकरण आफैँ जानकार छ।

५. सार्वजनिक मठ मन्दिर, सडकबत्ती, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तीको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ।

योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महशुल फरक कुराहरु हुन्। हामीले पाउने करलाई महशुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिँदैन। नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महशुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १० : ०७ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा

पाटन भ्रमणमा निस्किए पूर्वराजा शाह (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरको धार्मिक तथा सांस्कृतिक सहर

बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बेपत्ता योद्धाहरूका

बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोन लोन सुविधा

काठमाडौं– कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई

१०७ किलो गाँजासहित एक जना पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय महोत्तरीले १०७ किलो गाँजासहित एक