डेङ्गी नियन्त्रण गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह | Khabarhub Khabarhub

डेङ्गी नियन्त्रण गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई डेङ्गी नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ । आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै डेङ्गीको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र पालिकालाई आग्रह गरेका हुन् ।

बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको जस्ता विषय विभिन्न सञ्चारमाध्यमका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएका छन्, आयोगले भनेको छ ।

कोरोना महामारी कायमै रहेको अवस्थामा अहिले देशव्यापीरूपमा फैलिँदै गइरहेको डेङ्गी रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

डेङ्गी सङ्क्रमणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेका पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । डेङ्गी नियन्त्रण तथा रोकथामका लागि सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : ५४ बजे

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे  

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै