महिला साफ च्याम्पियनसिप फुटबल - नेपालको शानदार जित, भुटान ४-० ले पराजित | Khabarhub Khabarhub

महिला साफ च्याम्पियनसिप फुटबल – नेपालको शानदार जित, भुटान ४-० ले पराजित


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो ।

मध्यान्तरपछिको खेलमा नेपालले थप तीन गोल गरेको हो । मध्यान्तरपछि सावित्रा भण्डारीले एक तथा अनिता बस्नेतले दुई गोल गरेकी हुन् । भण्डारीले खेलको ६८औँ मिनेटमा तथा बस्नेतले खेलको ७३औँ र ८४औँ मिनेटमा गोल गरेकी हुन् ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ३५ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।