सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको छ : अध्यक्ष नेपाल


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका हुन् ।

उनले सिटको बाँडफाँटको विषय कति सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उल्लेख गरे । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन पनि हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिक तर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे ।

उनले आगामी निर्वाचनमा कलम चिन्हलाई विजयी गराउनका लागि जिल्ला जिल्लामा परिचालित हुन निर्देशन पनि दिए।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : १० बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १