युक्रेन युद्धः रुसले कब्जा गरेको क्षेत्रमा ‘जनमत संग्रह’ स्थगित | Khabarhub Khabarhub

युक्रेन युद्धः रुसले कब्जा गरेको क्षेत्रमा ‘जनमत संग्रह’ स्थगित


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन्।

‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो’, त्यहाँ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने।

भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए। युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन्।

यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माइल) उत्तरमा रहेको सानो सहर भाइसोकोपिल्या सहरलाई पुनः कब्जा गरेको दाबी गरेको छ।

झण्डै ४ हजार बासिन्दा रहेको सहरमा युक्रेनी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक भएको छ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : १० बजे

जसपा नेपाल फुटविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको