अफगानिस्तानको मस्जिदमा बम आक्रमण | Khabarhub Khabarhub

अफगानिस्तानको मस्जिदमा बम आक्रमण


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा गराइएको बम आक्रमणमा एक जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एक मस्जिदमा गराइएको बम आक्रमणमा अरु ७ जना घाइते भएका छन् ।

श्रद्धालुहरुले प्रार्थाना गरिरहेका बेला बम विष्फोट भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

गत अप्रिल महिनामा पनि सोही क्षेत्रमा बम आक्रमण भएको थियो । उक्त आक्रमणमा दर्जनौँको मृत्यु भएको थियो भने अरु कैयाँ घाइते भएका थिए ।

कुन्दुज प्रान्तको इमाम साबिह जिल्लामा रहेको अलिफ बिरडी मस्जिदमा आक्रमण भएको प्रान्तीय प्रहरी प्रवक्ता करी ओबाइदुल्लाह अबेदीलाई उद्धृत गर्दै डनले जनाएको छ । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

गत वर्षको अगस्ट महिनामा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमणका घटना बढ्न थालेको बताइन्छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ३५ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको