कांग्रेस गण्डकी प्रदेश समितिद्वारा सङ्कल्प पत्र सार्वजनिक | Khabarhub Khabarhub

कांग्रेस गण्डकी प्रदेश समितिद्वारा सङ्कल्प पत्र सार्वजनिक


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज कांग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले सङ्कल्पमा पाँच वर्षका लागि विभिन्न ३० वटा प्रतिबद्धता व्यक्त गरेको छ भने १० वर्षका लागि १० प्रतिबद्धता व्यक्त गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, मानव संशाधन, रोजगारीलगायत क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको कांग्रेसले पाँच वर्षे प्रतिबद्धताव्यक्त गरेको हो । प्रत्येक वर्ष ५० हजार नयाँ रोजगार/स्वरोजगार सिर्जना गरिने उल्लेख गर्दै प्रतिव्यक्ति आय एक हजार १९२ डलरबाट तीन हजार डलर पुर्‍याउने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

प्रदेशको अन्तर्राष्ट्रिय व्यापार दोब्बर बनाउने उल्लेख गर्दै कांग्रेसले निजी क्षेत्रमैत्री नीति तर्जुमा गरी निजी लगानी तथा सार्वजनिक निजी लगानी प्रवद्र्धनलगायत विषयलाई सङ्कल्पमा समेटेको छ ।

प्रदेशमा सुशासन प्रत्याभूत गराई भ्रष्टाचारलाई पूर्ण नियन्त्रणलगायत विषय पाँचवर्षे प्रतिबद्धतामा छन् । कांग्रेसले १० वर्ष १० प्रतिबद्धतामा आर्थिक र मानव विकास सूचकाङ्कमा पहिलो प्रदेश बनाउने उल्लेख गरेको छ । बेरोजगारी दुई प्रतिशतमा झार्ने, निरपेक्ष गरिबी ११.५ बाट शून्य प्रतिशतमा झारिने कांग्रेसले जनाएको छ । लुम्बिनी, मुक्तिनाथ हुँदै कैलास पर्वत जोड्ने छोटो दूरीको सुविधायुक्त सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिका लागि अघि सारिएको सङ्कल्प महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सङ्कल्पमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजाने विषयमा पार्टी नेतृत्व लाग्ने विश्वास व्यक्त गरे ।

यस अवसरमा पार्टी गण्डकी प्रदेश समितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछानेले प्रदेशको आवश्यकता र सम्भावनालाई दृष्टिगत गरी सङ्कल्पपत्र तयार गरिएको बताएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : ५४ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको