कुटेको होइन, कर्मचारीलाई सम्झाएको मात्र होः मन्त्री मनाङे « Khabarhub

कुटेको होइन, कर्मचारीलाई सम्झाएको मात्र होः मन्त्री मनाङे


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) माथि कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।

मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको मन्त्री मनाङेमाथि आराेप लागेको हो ।

यद्यपि, यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

मन्त्रीको कार्यकक्षमा फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको र त्यसै क्रममा मनाङेले ओझालाई कुटपिट गरेको बताइएको छ ।

घटनापछि ओझा बुधबार कार्यालय नै आएनन् ।

यता, मन्त्री मनाङेले आफूले ओझालाई कुटपिट नगरी सम्झाएको दाबी गरे । मन्त्रालयका गोप्य सूचना बाहिर लिक नगर्नु भनेर राम्रोसँग सम्झाएको मात्रै भन्दै उनले सूचनाहरू लिक गरेको विषयमा छानबिन समिति बनाउने पनि बताए ।

स्वरोजगार कार्यक्रममा अधिकृत ओझाले चलखेल गर्दै आएको मन्त्री मनाङेको आरोप छ ।

स्वरोजगार कार्यक्रममा आउने पैसा आ–आफ्नो मान्छेलाई बाँड्न गेम खेलेको पनि उनको आरोप छ ।

खबरहबसँग मन्त्री मनाङेले भने, ‘यो मान्छे (अधिकृत ओझा) एकदमै खतरा छ, यो केटाले मन्त्रीहरूलाई डुवाउँछ । अनि हिजो बेलाएर यसलाई सम्झाएको हो ।’ उनले भने, ‘तेरो स्वरोजगारमा कृषिसम्बन्धी काम गर्ने मान्छेलाई केही कुरा भनेको रहेछस् भाइ ! आइन्दा यो कुरा थाहा पाए भने राम्रो हुँदैन भनेर राम्ररी सम्झाएर पठाएको हो ।’

मन्त्री मनाङेले कुटपिट गरेको आरोपको खण्डन गर्दै भने, ‘यो आफै बच्नका लागि प्रोपोगाण्डा गरेको हो, यदी हिजो केही भएको भए हिजै ४–५ बजे आउँथ्यो नि त ? अहिले आएर यिनीहरूले एउटा प्लान गर्‍यो ।’

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ४१ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा