अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य उपकरण हस्तान्तरण | Khabarhub Khabarhub

अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य उपकरण हस्तान्तरण


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण तीन वटै सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण नेपाल रेडक्रम सोसाइटीलाई पनि हस्तान्तरण गरिएको छ।

यी उपकरण अमेरिकी सहायता नियोग युएसएआइडी र अमेरिकाको रक्षा मन्त्रालयले उपलब्ध गराएका हुन् । प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाका अनुसार १६ प्रकारका तालिम उपकरण हस्तान्तरण गरिएको हो ।

कार्यकारी प्रमुख पोखरेलले पछिल्ला बर्षमा नयाँ खालका विपद्का साथै पुराना विपद्का आयतन पनि विस्तार हुँदै गएको उल्लेख गर्दै यी उपकरण विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने तालिम संचालन गर्न सहयोगी हुने बताए ।

गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले विपद् जोखिम व्यवस्थापनमा काम गर्ने निकाय र सहयोग गर्ने निकायबीच प्राधिकरणले पुलको काम गरिरहेको उल्लेख गर्दै प्राधिकरण गठनको औचित्य प्रमाणित हुँदै गएको बताए ।

युएसएडका वातावरणसम्बन्धी उपनिर्देशक डेभिड म्यानले नेपालमा विपद् जोखिम न्यनूीकरणका लागि युएसएडले सहयोग गरिरहेको जानकारी दिँदै विपद्का घटना भइहाले त्यसको प्रतिकार्य गर्न तालिम आवश्यक पर्ने भएकोले यी उपकरण सहयोग गरेको बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : २२ बजे

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे  

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै