आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग | Khabarhub Khabarhub

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा आज बिहान भएको आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ ।

भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो ।

सङ्घको आज बसेको आकस्मिक बैठकले तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति एवं भूपाल हार्डवेयरसका सञ्चालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्य एवं ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशमकुमार श्रेष्ठलगायत पीडित सम्पूर्ण व्यवसायीप्रति सहानुभूति प्रकट गरेको छ ।

भीषण आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै विषम क्षतिको मूल्याङ्कन गरी शीघ्र क्षतिपूर्तिका लागि सरकारलगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले आज विज्ञप्ति जारी गरी विपद्को घटनाबाट थप क्षति हुन नदिन आआफ्नो क्षेत्रबाट सहयोग पुर्‍याएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तहलगायत सबैमा आभार व्यक्त गरेका  छन् ।

यसैगरी व्यास नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाले आगलागी मौसमलाई समेत ख्याल गरी प्रज्वलनशील पदार्थलाई आवास क्षेत्रबाट अलग राख्न सम्बन्धित सबैमा अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ५० बजे

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार