प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने | Khabarhub Khabarhub

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती – खेलकुदको प्रवर्द्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले बागमती प्रदेश खेलकुद विकास परिषदद्वारा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुनेछ । हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाचौरमा हुने खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् ।

प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ । मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको परिषद्ले जानकारी दियो ।

फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ । त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ । साथै, काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।

अहिले प्रदेशका सबै जिल्लामा जिल्लास्तरीय छनोट प्रतियोगिता भइरहेको उनले जनाएका छन् । प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को गरेको छ । प्रतियोगिता आयोजनाका लागि आठ करोड ४० लाख खर्च हुने अनुमान छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : १२ बजे

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाइसकेपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु

नहरको इन्टेकमा बालक मृत फेला

धनगढी– कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको