मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए | Khabarhub Khabarhub

मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएका छन् ।

एक मन्त्रालयसहित मधेश प्रदेश सरकारमा ५ मंसिरमा सहभागि नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नागेन्द्र राय यादव आइतवार पद तथा गोपनियताका शपथ लिएका छन् ।

मुख्यन्त्री लालबाबु राउले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त मन्त्रालयको मन्त्री अहिले नेकपा एसका संसदीय दलका नेता सत्रुधन महतो रहेका छन् । राज्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

राज्यमन्त्री भएका यादव रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को क का सासद हुन् ।यो मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ४५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र