भाइब्रेन्ट गुजरात सम्मेलन नहुने भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित | Khabarhub Khabarhub

भाइब्रेन्ट गुजरात सम्मेलन नहुने भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि भारतको गुजरातमा जनवरी १० देखि हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन तत्कालका लागि स्थगित गरिएको थियो । सो सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित गरिएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

भाइब्रेन्ट गुजरातमा सहभागी हुन प्रधानमन्त्री देउवालाई भारतबाट निमन्त्रणा आएको थियो । उक्त सम्मेलनमा सहभागी हुन देउवा जनवरी ९ मा गुजरात जाने कार्यक्रम तय भएको थियो ।

गुजरातमा सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवा भेट्ने कार्यक्रम समेत तय भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : ५५ बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी