नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमाले प्रवेश  | Khabarhub Khabarhub

नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमाले प्रवेश 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिल्ला गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । 

एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित नेकपा एसका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । 

एमालेमा प्रवेश गर्नेहरूमा खनाल, भण्डारीसहित युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य मदनदीप घिमिरे, जिल्ला कमिटी सदस्य हरि कुँवर, जिल्ला कमिटी सदस्य विष्णुप्रसाद भण्डारी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामुजङ्ग कँडेल, जिल्ला कमिटी सदस्य यमबहादुर खत्री र अनेरास्ववियुका जिल्ला उपाध्यक्ष निलकण्ठ पाण्डे लगायत रहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ३१ बजे

वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग

विश्वका प्रमुख बैंकले ब्याजदर घटाउन खोज्दा महँगियो सुन

काठमाडौं – विश्वका प्रमुख बैंकहरूले ब्याजदर कटौती योजना ल्याउन खोज्दा

स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं– काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको

अवैध बाटोबाट अमेरिका पठाउन करोडौं ठगी, गिरोहका तीनजना पक्राउ

काठमाडौं- प्रहरीले अवैध बाटो प्रयोग गरी अमेरिका र क्यानडा पुर्‍याउने

छोरीकाे विवाहमा एक दर्जन सुँगुर चोरी

रौतहट– रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा