७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि | Khabarhub Khabarhub

७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि भएको छ । दुई जिल्लबाहेक सबै जिल्लामा डेङ्गुको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल चलेको छ । नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहाले बताए।

काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु संक्रमित पुष्टि भएको छ। गएको जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ।

सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ।

अझै दुई महिना डेङ्गुको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १ : ४३ बजे

भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान

नयाँ दिल्ली – भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत

बिर्तामोड नगरपालिका विकास निर्माणमा केन्द्रित

झापा– झापाको बिर्तामोड नगरपालिकाले नगरको विकास निर्माणमा आफूलाई केन्द्रित गरेको

गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं– वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले