बाघको छाला र हड्डीसहित कैलालीबाट चार जना पक्राउ | Khabarhub Khabarhub

बाघको छाला र हड्डीसहित कैलालीबाट चार जना पक्राउ


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– गोदावरी नगरपालिका–२ को पानी ट्याङ्की नजिकको सडक खण्डबाट प्रहरीले आज बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ ।

डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४–००१ च ०००६नं को बलेरो जिपको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डारी, डोटीको जोरायल गाउँपालिकाका जिप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिकाका टेकबहादुर रावत र धिरेन्द्र रावतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो जिपलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताए । पक्राउ परेका यी चार जनाको मिलेमतोमा बिक्री गर्ने उद्देश्यले बाघको छाला र हड्डी ल्याउँदै गरिएको बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : १३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार