नक्कली नोटसहित चार जना पक्राउ « Khabarhub

नक्कली नोटसहित चार जना पक्राउ


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जना युवक पक्राउ गरेको छ । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय सन्तोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुई दिनअघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका-३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर  सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा  एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ०३ बजे

फिल्म ‘महानगर’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘महानगर (वान नाइट इन काठमाडौँ)’ को अफिसियल पोस्टर

तनहुँमा सामूहिक रक्षाबन्धन

तनहुँ- ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा सञ्चालन

खलङ्गा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको

न्युजिल्याण्ड क्रिकेट टिमबाट बोल्टको रहस्यमय ब्रेक

काठमाडौँ : विश्व क्रिकेटलाई हेर्दा महत्वपूर्ण खेल र प्रतियोगिता मुखैमा

लुम्बिनीमा सत्ता गठबन्धनलाई मजबुद बनाउन दलहरू सहमत 

रूपन्देही– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद