टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध | Khabarhub Khabarhub

टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । जङ्गलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जङ्गलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएको जानकारी अनुसार इन्धन सम्बन्धी गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

विषेश गरेर जङ्गलमा गएर पकाउने, पोल्ने, आगो बाल्ने लगायतका काम नगर्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय पार्क, बनभोज जाने ठाउँ, पर्यटकीय क्षेत्र लगायतमा यस्ता गतिविधि धेरै हुने गरेकाले त्यस क्षेत्रमा निगरानी पनि बढाइएको छ ।

पछिल्लो समय जङ्गलमा भएका आगलागीका घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केही जङ्गली जीव जन्तु तथा पक्षीहरू मरेका थिए ।

आगलागीका कारण धेरै वनस्पति जलेर नष्ट हुनुका साथै वातावरणमा पनि धेरै नकारात्मक असर परेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ०४ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको