मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच भेट | Khabarhub Khabarhub

मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच भेट


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ। मुख्यमन्त्री शाही र राजदूत क्याप्लरबीच आज भेटवार्ता भएको हो ।

भेटमा सङ्घीयता, कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था र सडक गुरुयोजना तयारीलगायतका विषयमा छलफल भएको थियो । खासगरी स्वीट्जरल्याण्ड सरकारले कर्णालीमा सञ्चालन गरेका परियोजना हेर्न आएका राजदूत क्याप्लरले द्वन्द्वपीडितका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामको बारेमा जानकारी लिए  ।

“स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले यहाँका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको छ, राजदूत क्यापलरले भने, “द्वन्द्वपीडितको स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणमा प्रदेश सरकार अझै गम्भीर बन्नुपर्छ ।”

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए। उनले राहत, जीवन निर्वाह भत्ता, औषधि उपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा काम गरिरहेको जनाए।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : ४२ बजे

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ