रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटनामा परेको हो।

बस दुर्घटना हुँदा घटनास्थलमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन्।

खबरहरसँग उनले भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको हो । बाँकी उपचारका लागि लैजाँदै गर्दाको रिपोर्ट हामीसँग छैन।’ प्रहरी स्रोतले भन्यो। अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको बताइएको छ ।

२५ जना घाइतेको उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। बस सडकबाट झन्डै ३०-३५ मिटर तल खसेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ३५ बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ