मधेस प्रदेशको नीति तथा कार्यक्रम : नारा मात्रै आकर्षक तर कार्यान्वयन पक्ष फितलो | Khabarhub Khabarhub

मधेस प्रदेशको नीति तथा कार्यक्रम : नारा मात्रै आकर्षक तर कार्यान्वयन पक्ष फितलो


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेश सभामा आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारी लगायतमा विशेष जोड दिइएको छ ।

साथै चुरे संरक्षण,प्रर्वद्धनमा कार्यक्रममा जोड दिइएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा ‘जीवन निर्वाह खर्च’, ‘गरी खाने अभियान’ लगायतका नयाँ कार्यक्रम समावेश गरिए पनि ‘बेटी पढाऊ बेटी बचाऊ’, हाम्रो प्रदेश उज्यालो प्रदेश’,‘जहाँ सडक त्यहाँ विकास’ ‘प्रादेशिक पूर्वाधार पर्यटन विकासको अधार’ लगायतका अधिकांश पुरानो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेशको मुख्य आर्थिक स्रोत कृषि रहेकोले कृषिलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाई कृषिमा संरचनागत परिवर्तन गरी सामाजिक तथा आर्थिक रूपान्तरण गरी प्रदेशलाई कृषि बनाउने नीति प्रदेश सरकारले लिएको छ ।

श्रमिक अभाव भई कृषि क्षेत्र प्रभावकारी भएकाले विकल्पका रूपमा यान्त्रीकरणलाई बढावा दिइने नीति लिइएको छ । कृषि बालीमा प्रयोग गरिने रासायनिक मलको न्यूनीकरण गर्दै कृषकलाई प्राङ्गारिक मलको प्रयोग गर्न तर्फ प्रोत्साहित गर्ने तथा सिचाइँको व्यवस्थापनको जोड दिइने नीति लिएको छ ।

प्रदेशका सप्तरी, सिरहा, महोत्तरी, सर्लाही र धनुषा जिल्लालाई आँपको सुपर जोनको रुपमा तथा धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दीसहित बागमतीसम्मको क्षेत्रलाई गोलभेँडाको सुपर जोनका रूपमा विकास गरिने जनाइएको छ ।

प्रदेश सरकारले एक शहीद एक परिवार एक रोजगार योजना अन्तर्गत मधेस आन्दोलनमा शहादत प्राप्त गरेको शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको छ र यसलाई स्थायित्व प्रदान गरिने नीति लिएको छ ।

रामायण सर्किट अन्तर्गत जनकपुरधाम र अयोध्यालाई जोडने क्रममा रामजानकीको पद चिह्न भएका प्रमुख ठाउँहरूलाई धार्मिक, अध्यात्मिक स्थलका रूपमा विकास गर्न संघीय सरकारसँग सहकार्य गर्ने, प्रदेशको धार्मिक पर्यटनलाई व्यवसायिक बनाउन जनकपुरधाममा त्रेतायुग स्मरण गराउने गरी रामायण तथा मिथिला संस्कृति भल्किने गरी जानकी मन्दिर र राम मन्दिरसँगैको विवाह मण्डप र मणि मण्डपलाई सौन्दर्यीकरण गर्ने नीति सरकारले लिएको छ ।

नियमित आय स्रोत नभएका विपन्नलाई जीवन निर्वाह खर्च

प्रदेश सरकारले गरिव विपन्न तथा कुनै नियमित आय श्रोत नभएका परिवारलाई पहिचान गरी उनीहरुलाई परिचयपत्रको आधारमा जीवन निर्वाह खर्चको लागि रकम उपलब्ध गराउने नीति लिएको छ ।

यस्तै सरकारले बेरोजगार युवाहरुलाई नवउद्यमी कार्यक्रम तथा स्वरोजगार कार्यक्रममार्फत स्रोत र साधन उपलब्ध गराई गरी खाने अभियान संचालन गर्ने नीति प्रदेश सरकारले लिएको छ । त्यसै गरी, प्रदेशमा लगानीको वातावरण बनाउन प्रादेशिक लगानी बोर्डको स्थापना गरिने सरकारको नीति तथा कार्यक्रम उल्लेख छ ।

नारा मात्रै आकर्षक तर कार्यान्वयन पक्ष दयनीय

मधेश प्रदेश सरकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै रहेको छ ।

नीति तथा कार्यक्रममा मधेशी शहीद मार्ग निर्माण गर्ने, जहाँ बाटो त्यहाँ विकास, हरित प्रदेश अभियान लगायत, दलित, सिमान्कृत, मुस्लिम, विपन्न लगायतका छात्रालाई छात्रावृत्ति दिने लगायतका कार्यक्रम पुरानै रहेको छ ।

त्यसै गरी, हाम्रो प्रदेश उज्यालो प्रदेश’,‘प्रादेशिक पुर्वाधार पर्यटन विकासको आधार’ एक निर्वाचन क्षेत्र एक सडक, महेन्द्र नारायण निधि आवास योजना लगायतका पुरानै कार्यक्रमहरु रहेको छ । प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाउ कार्यक्रम पछिल्लो तीन वर्षदेखि सञ्चालन गरिरहेको छ ।

तर सोही कार्यक्रमअन्तर्गत रहेका किशोरी बीमा कार्यक्रम पछिल्लो दुई आर्थिक वर्षदेखि अलपत्र छ ।

त्यसै गरी, हाम्रो प्रदेश उज्यालो प्रदेश कार्यक्रम प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम राख्ने गरिएको छ तर अहिले सम्म प्रदेश सरकारे एक युनिट पनि उर्जा उत्पादन गर्न सकेको छैन ।

त्यसै गरी दलित, सीमान्कृत, मुस्लिम, विपन्न लगायतका छात्रालाई छात्रावृत्ति दिने प्राय: हरेक वर्षको नीति तथा कार्यक्रम कार्यक्रममा राख्ने गरिन्छ । तर सो कार्यक्रममा एकदमै न्यून बजेट हुदाँ त्यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

लोकप्रिय नीति तथा कार्यक्रम ल्याए पनि बजेट व्यवस्थापन नगर्नु र नीति तथा कार्यक्रम र बजेटको तालमेल नहुने प्रदेश सरकारको आकर्षक नारा नारामै सीमित रहने गरेको सर्वसधारणको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : ५१ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको