भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण अब बिहारमा | Khabarhub Khabarhub

भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण अब बिहारमा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट भारतमा निर्यात हुने नेपाली कृषि उत्पादनको परिक्षण अब भारतको बिहार राज्यमा हुने भएको छ ।

रक्सौलमा आइतबारदेखि खाद्य प्रयोगशाला सञ्चालनमा आएपछि नेपाली निर्यात व्यवसायीलाई गुणस्तर जाँच गर्न दिल्ली वा कोलकत्तामा नमूना पठाउनुपर्ने बाध्यता हटेको छ ।

नेपाली कृषि उत्पादनको भारतिय प्रयोगशालामा परीक्षण भई आएपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण नजिक खाद्य प्रयोगशाला नहुँदा दिल्ली वा कोलकत्तामा जानुपर्दा निर्यातकर्ता व्यवसायीलाई धेरै समय खर्चिनुपर्ने बाध्यता रहेको थियो । अब रक्सौलमै प्रयोगशाला संचालनमा आएपछि व्यवसायीलाई राहत भएको छ ।

आइतबार भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री मनसुख मण्डावियाले प्रयोगशालाको उद्घाटन गरे । नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवको पनि उपस्थिति थियो । भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित यस प्रयोगशालामा भारत निर्यात गर्ने नेपाली कृषि उत्पादनको गुणस्तर परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : ३० बजे

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र

आज मदन-आश्रित स्मृति दिवस

काठमाडौं – बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल