'बगान' को गीतमा आकाश र प्रमिलाको जोडी (भिडियो)  | Khabarhub Khabarhub

‘बगान’ को गीतमा आकाश र प्रमिलाको जोडी (भिडियो) 


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘बगान’ को गीत सार्वजनिक गरिएको छ । सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्मको आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । नयाँ र पुराना कलाकारको सम्मिश्रण रहेको फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ ।

सार्वजनिक गीतमा ‘तिम्रो सुन्दर आँखा’ मा आकाश र प्रमिला फिचर्ड छन् । सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर भरेका छन् । कविराज गहतराजले कोरियाग्राफी गरेको गीतको अडियो र भिडियो बलियो बनेको छ । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालको भनाई छ ।

निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । साउन्ड मिक्सिङ मुकेश शाह र ब्याकग्राउन्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ५४ बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा